FAQs Complain Problems

समाचार

मिति: Monday, February 12, 2024 - 12:51

प्रारम्भिक कक्षा पढाइ कार्यक्रम सुरु हुनु अघि मुल्यांकन गर्न कपुरकोटमा अन्तराष्ट्रिय अध्ययन टोलि

प्रारम्भिक कक्षा पढाइ कार्यक्रम सुरु हुनु अघि मुल्यांकन गर्न कपुरकोटमा अन्तराष्ट्रिय अध्ययन टोलि

 

विद्यार्थीको तल्लो कक्षामै पढाई कमजोर देखिएपछि पठन सीपमा सुधार गर्न भन्दै सञ्चालन गर्न लागिएको प्रारम्भिक कक्षा पढाइ कार्यक्रम (इजीआरपी) कार्यक्रम अन्तर्गत तल्लो कक्षाका विद्यार्थीको सिकाइको अवस्था, शिक्षा नीती कस्तो छ भन्ने बारे यस कपुरकोट गाउँपालिकाबाट विभिन्न तथ्यांक क्यामरिस अन्तराष्ट्रिय अध्यन टोलिले संकलन गरेको छ । 
गाउँपालिका अध्यक्ष श्री भिम बहादुर सेन संग अन्तराष्ट्रिय शिक्षा कार्यक्रमकी कलेट च्याबटले प्रारम्भिक कक्षा पढाइ कार्यक्रमको बारे जानकारि गराउँदै आवश्यक तथ्यांकहरु लिनुभयो । 
नेपाल सरकार र युएसएआइडीको आर्थिक तथा प्राविधिक सहयोगमा संचालन हुन लागेको यो कार्यक्रमको प्रभावकारि कार्यान्वयनका लागी आफुले उपयुक्त वातावरण सृजना गर्ने प्रतिवद्धता गाउँपालिका अध्यक्ष सेनले जनाउनुभयो । 
यसैविच गाउँपालिका अध्यक्ष सेन र अन्तराष्ट्रिय अध्यन टोलिले कपुरकोट ४ मा रहेको नेपाल राष्ट्रिय माध्यामिक विद्यालय किमुचौरको अवलोकन पनि गरेको छ । तल्लो कक्षाका विद्यार्थीको बसाइ ब्यवस्थापन, शिक्षण विधि कस्तो छ भन्ने बारेमा अध्यन गरेको थियो । सल्यान लगाएत विभिन्न जिल्लामा सञ्चालन हुन लागेको यो कार्यक्रममा मूलतः प्रारम्भिक कक्षाको पढाइमा केन्द्रित सिकाइ उपलब्धिको सुधारमा जोड दिइने अध्यन टोलिमा आउनुभएकि विपना शर्माले बताउनुभयो । 
यसका लागि प्रारम्भिक बाल शिक्षा तथा विकास कार्यक्रमको सुदृढीकरण, शैक्षणिक ढाँचा, पाठ्य सामग्री विकास, उत्पादन र वितरण, शिक्षकको पेसागत विकास र शैक्षणिक सहयोग, निरन्तर मूल्याङ्कन र उपचारात्मक सहयोग तथा अनुसन्धान, अनुगमन र मूल्याङ्कन लगायतका कार्यक्रमलाई अभियानको रुपमा सञ्चालन गरिने अध्यन टोलिले जनाएको छ ।

आर्थिक वर्ष: