FAQs Complain Problems

समाचार

मिति: Monday, February 12, 2024 - 12:51

कपुरकोट गाउापालिका सल्यानमा निर्माण भएको पशु सेवा केन्दको भवन स्थानीय तहलाइ हस्तान्तरण

कपुरकोट गाउापालिका सल्यानमा निर्माण भएको पशु सेवा केन्दको भवन स्थानीय तहलाइ हस्तान्तरण
कपुरकोट गाउापालिका सल्यानमा निर्माण भएको पशु सेवा केन्दको भवन
सामुहिक तस्वीर

कपुरकोट गाउापालिका सल्यानमा निर्माण भएको पशु सेवा केन्दको भवन स्थानीय तहलाइ हस्तान्तरण गरिएको छ । यस जिल्लामा निर्माण भएका ४ वटा भवन मध्ये कपुरकोट गाउँपालिकाको पशु सेवा केन्द्र गाउँपालिकाका अध्यक्ष श्री भिम बहादुर सेन ज्युलाइ किसानका लागी उन्नत विउविजन कार्यक्रमका केन्द्रीय डेपुटी प्रोग्राम म्यानेजर भण्डारी ज्युले सोमबार एक कार्यक्रमका विच हस्तान्तरण गर्नुभयो । 
३७ लाख १६ हजार नौ सय ८० रुपैयाँको लागतमा ठेक्का प्रक्रियाद्धारा निर्माण गरिएको उक्त भवन ६ कोठाको रहेको छ । जसमा ४ वटा कार्यालय कोठा, एउटा भेटेनरि प्रयोगशाला र एउटा तालिम हल रहेको किसानका लागी उन्नत विउविजन कार्यक्रमका सुपरभाइजिङ ईन्जीनियर अनुप चौधरीले बताउनुभयो । भवनको केयुबीकेका प्रतिनिधी, गाउापालिकाका अध्यक्ष, इन्जीनियरहरु, पत्रकार लगाएतको टोलिले अनुगमन पनि गरेको छ ।

आर्थिक वर्ष: