FAQs Complain Problems

समाचार

मिति: Monday, February 12, 2024 - 12:51

कपुरकोट गाउँपालिकाको प्रगति समिक्षा र निचोड

कपुरकोट गाउँपालिकाको प्रगति समिक्षा र निचोड -तस्वीरहरु सहित___

आर्थिक वर्ष २०७४।०७५ मा संचालित योजना तथा कार्यक्रमको वार्षिक समिक्षा गोष्ठी २०७५ कार्तिक १३ र १४ गते होटल सगरमाथा कपुरकोट, सल्यानको हलमा सम्पन्न भएको छ ।

प्रमुख उपलव्धीहरु —
१. पूर्ण खोपयूक्त गाउँपालिका घोषणा
२. गाउँपालिका भवन निर्माण कार्य अगाडि बढाईएको ।
३. मुख्य वजार क्षेत्र ( कपुरकोट) को फोहोर व्यवस्थापनका लागि समिति गठन तथा परिचालन, फोहोर व्यवस्थापन केन्द्र निर्माण, सवारी साधान (ट्याक्टर खरिद) खरिद भई प्रयोगमा ल्याईएको ।
समग्र गाउँपालिकाको प्रगति प्रस्तुत गर्दै प्रमुख प्रशासकीय अधिकृत सुवाश रिजालले गत आर्थीक वर्ष २०७४।०७५ मा कुल बजेट २३ करोड ६२ लाख २३ हजार ८ सय मध्ये २१ करोड ८७ लाख ४३ हजार ४५६ रुपैयाँ खर्च भएको जनाउनुभयो ।

कस्तो छ गाउँपालिकाको भौतीक प्रगती ?
गाउँपालिकाले गत वर्ष नयाा कच्ची सडक ५१ वटा निर्माण भएको जनाएको छ । यस्तै ४४ वटा खानेपानी, ३ वटा कुलो र ६ वटा पोखरि, १० वटा कृषि टहरा, ३ वटा खोप केन्द्र, एउटा विद्यालय भवन तथा २१ वटा विद्यालय फिल्ड र अन्य पूर्वाधार निर्माण भएका छन् । 
यस्तै ४३ वटा प्रविधि हस्तान्तरण तथा क्षमता विकास तालिम सञ्चालन गरिएको छ ।

सामाजिक क्षेत्रको प्रमुख उपलव्धी—
-पूर्ण सरसफाई तर्फ उन्मुख रहेको
-विभिन्न व्यवसाय सिर्जना तथा सिपमुलक तालिम (बाख्रापालन, क्रिष्टलका गहना बनाउने, खेलौना बनाउने, स्वीटर बुन्ने आदि ) तथा जनचेतनाका कार्यक्रम मार्फत समाजमा महिला, दलित तथा अल्पसंख्यकहरु उद्यमतर्फ आकर्षित भएका ।
-६ वटै वडाबाट स्वास्थ्य सेवा प्रदान 
-विद्यालय शिक्षा तथा परीक्षा प्रणालीमा एकरुपता कायम गर्न शैक्षिक क्यालेण्डर निर्माण तथा कार्यान्वयन 
कपुरकोट गाउँपालिकाले २९ वटा ऐन तथा नियमावली समेत पारित गरिसकेको छ ।

नविनतम कार्य तथा गौरबका आयोजनाहरु

-कपुरकोट – गाँडापानी – फलाबाङ मोटरबाटो निर्माण
-कपुरकोट – दमारखोला – सिमलकुना मोटरबाटो निर्माण
-खालिबजार – दहवन मोटरबाटो निर्माण
-कपुरकोट बजार बृहत खानेपानी आयोजना निर्माण
-फोहोरमैला विसर्जन केन्द्र ( म्गmउष्लन क्ष्तभ ) निर्माण
-गाउँपालिका कार्यालय भवन निर्माण
-जिवनज्योती मा.वि. रिमको विद्यालय भवन निर्माण
-विभिन्न ऐन, नियम, कार्यविधि तथा निर्देशिकाहरु निर्माण

योजना सङ्ख्या
१ लाख भन्दा कम २३ वटा 
१९५ लाख सम्म १८१ वटा 
५९१० लाख सम्म १७ वटा 
१० लाख भन्दा माथि ११ वटा 
कूल २३२ वटा 
नोट चालु शिर्षक तर्फका आयोजनाहरु,विषयगत क्षेत्र र शाखाहरु मार्फत संन्चालित योजना तथा कार्यक्रमहरुको विवरण यसमा समावेश गरिएको छैन ।

आगामी आ.व.को प्रमुख नितिहरु
-भौतिक पूर्वाधारहरुको स्तरोन्नती तथा नयाँ निर्माण
-कृषि विकास तथा अर्र्गानिक खेती विकास 
-ग्रामिण बिद्युतिकरण 
-वन वातावरण संरक्षण
-सामाजिक विकास 
-सांस्कृतिक पहिचान तथा संरक्षण 
-मानव संसाधन विकास 
-“कृषि , पर्यटन र पूर्वाधार, कपुरकोट गाउँपालिकाको विकासको आधार ” 
-‘समृद्धिको शान, हाम्रा किसान’ 
-‘किसानसँग प्राविधिक’ 
-‘चेलिवेटी उद्यम कार्यक्रम’ 
-‘दिदीवहिनीसंग उपाध्यक्ष’ 
-‘सद्भाव, सहकार्य, सहमति, सकारात्मक भावनाको आदानप्रदान, स्वच्छ, निष्पक्ष, सुलभ र छरितो तरिकाले न्याय समपादन’ 
-युवासंग गाउँपालिका कार्यक्रम 
-बेमौसमी तरकारी खेतिले प्रसिद्ध कपुरकोट, सुन्दर, सफा र हराभरा गाउँपालिका बनाउने हाम्रो अठोट’ 
-पाँच वर्ष भित्रमा सवै वडा कार्यालय सम्म पक्की मोटरबाटो पु¥याउने नीति लिइने छ ।
-अर्गानिक तरकारी खेती, नमुना फलफुल खेती, उन्नत जात तथा तरिकाको कृषि तथा फलफुल खेतीको माध्यमबाट कृषि पर्यटनको विकास गर्ने नीति लिइने छ ।

-निचोड तथा सिकाइः
-१, वडा कार्यालय, शाखा मार्फत कार्यान्वयन गरिएका योजना तथा कार्यक्रमहरुको इभिडेनस (प्रमाण ) सहितको अभिलेख खडा गरि तत स्थानमा राख्ने । (अभिलेख व्यवस्थापनमा जोड दिने) 
-२, वडा कार्यालय, शाखाहरुबाट मासिक, चौमासिक र वार्षिक प्रगतीहरु पहिलो हप्तामा कार्यालयमा अनिवार्य पेश गर्ने र गरिएका सृजनशिल कार्यहरुलाइ प्रचारात्मक रुपमा अडागी बढाउने । (सूचना, संचार र समन्वयमा जोड दिने)
-३, योजना तथा कार्यक्रम सम्झौता गर्दा र सम्पन्न भइ हस्तान्तरण गर्दा वडा कार्यालयलाइ जानकारि गराउँदै सिफारिश राख्ने प्रवन्ध मिलाउने । ( समन्वय, सहकार्य र सहयोगलाइ निरन्तरता दिने)
-४, योजना, कार्यक्रम कार्यान्वयनका सन्दर्भमा प्राथमिकता प्राप्त योजनालाइ प्रथम सूचीमा राखी कार्यान्वयन गर्ने । पकेट क्षेत्र घोषणा गरि नमुना योग्य तरिकाले कार्यान्वयन गर्ने । 
-५, वडा कार्यालय व्यवस्थापनका लागी सबै वडामा सोलार, फर्निचर व्यवस्थापन, इन्टरनेट जडानका साथै अस्थायी रुपले वडा सचिवको व्यवस्था गर्दै कर्मचारि को क्षमता विकासमा जोड दिने । (क्षमता विकास र व्यवस्थापनमा जोड दिने) 
-६. सामाजिक अभियानहरु ( जाड रक्सी जुवातास, सामाजिक विभेद अन्त्य लगायतका) वडा स्तरमा अझै प्रभावकारी रुपमा गाउँपालिका संग समन्वय गर्दै संन्चालन गर्ने । 
७. सामाजिक परिचालन तर्फ, क्षमता विकास, पूर्र्वाधार विकास, प्रविधी हस्तान्तरण र क्षमतामा आधारित कार्यलाई विशेष जोड दिने ।
८. शाखाहरुमा कर्मचारी व्यावस्थापन, कार्यालय व्यवस्थापन, सहायक सामाग्री व्यवस्थापन गा.पा.को समन्वयमा गुनासो नआउने गरी गर्ने ।
९. गाउँपालिका वाट स्वीकृत भई स्थानीय कपुरकोट राजपत्रमा प्रकाशित कानुनहरु प्रभावकारी रुपमा कार्यान्वयन गर्दै जाने ।
“वडा मार्फत÷शाखा मार्फत बस्ती÷गाउँमा काम सूचना गाउँपालिकामा”
“ जहाँ काम त्यही प्रश्न जसको जिम्मा उसैको उत्तर ”
१०. हामी हाम्रो घर, हाम्रो वस्ती, गाउँ, वडा र समग्र गाउँपालिका रुपान्तरण गर्न सुन्दर सफा, समुन्नत, समृद्ध गाउँपालिका बनाउन सवै रुपले तत्पर छौ । अझै दृढरुपमा लग्ने छौ ।
११. राजश्व संकलनलाई अझै प्रभावकारी रुपमा अगाडी बढाइने ।

आर्थिक वर्ष: