FAQs Complain Problems

समाचार

मिति: Monday, February 12, 2024 - 12:51

आर्थिक वर्षमा सम्पन्न कार्यक्रम र आगामी कामवारे पत्रकारहरुका माझमा सार्वजनिक

सल्यान कपुरकोट गाउँपालिका  गत आर्थिक वर्षमा  १ सय ६६ किलो मिटर नयाँ सडक निर्माण गरेको छ ।  गाउँपालिले  पत्रकार सम्मेलन गरी  गत आर्थिक वर्षमा सम्पन्न कार्यक्रम र आगामी कामवारे पत्रकारहरुका माझमा सार्वजनिक गरेको हो ।गाउँपालिकाले पूर्ण खोपयुक्त गाउँपालिका घोषणा देखि ३१ वटा ऐन, नियम, कार्यविधि निर्माण भएको प्रगती प्रस्तुत गरेको हो । प्रमुख प्रशासकीय अधिकृत सुवाश रिजालले गएको आर्थीक वर्षमा गाउँपालिकाको भवन निर्माण कार्य अघि बढाइएको, ६ वटै वडाबाट स्वास्थ्य सेवा प्रवाह, यातायात गुरु योजना निर्माण, १० हजार वृक्षारोपण भएको जानकारि दिनु भयो । उहाले भन्नुभयो  करिव १६६ किलोमिटर नयाँ मोटरबाटो निर्माण भएको जनाउँदै उनले यसबाट स्थानीय स्तरमा रोजगारि सृजना, सडकको स्तारोन्नती र कृषि उपजको बजार सम्म सहज पहुँच भएको छ ।
गाउँपालिकाभित्रका कुनै पनि योजना सञ्चालन गर्दा उपभोक्ता समिती गठन देखि योजना सम्पन्न गर्दा सम्म जनसहभागीता, अनुगमन र पारदर्शितालाइ विशेष जोड दिइएको गाउँपालिका अध्यक्ष भिमवहादुर सेनले वताउनु भयो ।उहाले भन्नुभयो  बाल विवाह न्युनिकरण, मदिरा, जुवा तास जस्ता विकृती रोक्नका लागी सचेतनामूलक कार्यक्रमहरु सञ्चालन भइरहेको जनाउँदै अध्यक्ष सेनले यस वर्ष २३२ वटा योजनाहरु सञ्चालनमा रहेको छन् ।
कार्यक्रममा उपाध्यक्ष तिला बुढा मगरले महिला शशक्तिकरणका लागी चेलिबेटी सग उपाध्यक्ष लगाएतका कार्यक्रम यस वर्ष सञ्चालन गरिने वताउनु भयो ।उहाले भन्नुभयो  पत्रकारहरुलाइ आफुहरुले गरेका राम्रो कामको प्रचार गरेर र कमजोरिहरु औँल्याइदिएर परिपकव हुने अवसर पाईने छ ।
यसै विच  गाउँपालिकाले  योजना सञ्चालन तथा व्यवस्थापन सम्बन्धी अभिमुखिकरण  सुरु गरेको छ । कार्यक्रममा  गाउँपालिका अध्यक्ष भीमवहादुर सेनले योजना सञ्चालन गर्दा विनियोजन भएको रकममा ¥याल नचुहाउन उपभोक्ता समितीका पदाधिकारिलाइ आग्रह गर्नु भएको छ । 
योजना निर्माणका उपभोक्ता समितिका मुख्य पदाधिकारिहरुलाइ कपुरकोटमा निर्देशन गर्दै अध्यक्ष सेनले भन्नुभयो, ‘तपाइको गाउँठाउँको विकासका लागी उपभोक्ताको पनि लगानी हुनुपर्छ । योजनामा कुनै तलमाथी नहोस्, काम प्रभावकारि भएन भने रकम भुक्तानी पनि हुँदैन र वेइमानी गर्नेलाइ कारवाहि समेत हुन्छ ।’
गाउँपालिकाका उपाध्यक्ष तथा अनुगमन समितीका संयोजक तिला बुढा मगरले गएका वर्ष धेरै योजनाहरु सन्तोषजनक तरिकाले सम्पन्न नभएको जनाउदै यो वर्ष त्यसो नहुने वताउनु भयो । उहाले भन्नुभयो  ‘म सबै योजनाको अनुगमनमा आउने छु । अनुगमनमा जे देखिन्छ त्यहि रिपोर्ट गाउँपालिका समक्ष गर्नेछु । त्यसैले इमान्दारीताका साथ गुणस्तरिय काम गर्नुहोला ।’
अभिमुखिकरण गोष्ठीमा प्रमुख प्रशसकीय अधिकृत सुवाश रिजाल, सूचना अधिकारि जीवराज केसीले उपभोक्ता समितीको काम, कर्तव्य र अधिकार, सम्झौता गर्दा आवश्यक पर्ने कागजात लगाएतका विषयमा अभिमुखिकरण गरेका गर्नु भएको हो ।

आर्थिक वर्ष: