FAQs Complain Problems

समाचार

मिति: Monday, February 12, 2024 - 12:51

प्रमुख प्रशासकीय अधिकृत श्री हिरालाल भण्डारीज्यूलाई स्वागत तथा परिचयात्मक कार्यक्रम

यस गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत श्री हिरालाल भण्डारीज्यूलाई स्वागत तथा परिचयात्मक कार्यक्रम आईतबार (आज) सम्पन्न । गाउँपालिका उपाध्यक्ष श्री तिला बुढा मगर ज्यूको अध्यक्षतामा भएको कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत श्री अरुण दाहाल, वडा न १ का वडाध्यक्ष श्री बालाराम खड्का, २ का वडाध्यक्ष श्री मान बहादुर राना, ३ का वडाध्यक्ष श्री मिन बहादुर सेन, ४ का वडाध्यक्ष श्री हरिलाल पुन, प्रहरी चौकी कपुरकोटका इन्चार्ज श्री दान बहादुर मल्ल ज्यू लगाएत विभिन्न विषयगत शाखा प्रमुख, वडा सचिवज्यूहरु, गाउँपालिकाका अन्य कर्मचारीहरुबाट प्रमुख प्रशसकीय अधिकृत ज्यूलाई स्वागत गरियो । साथै कर्मचारी बैठक पनि आईतबार नै सम्पन्न भयो । बैठकमा प्रमुख प्रशासकीय अधिकृतज्यूबाट उपलब्ध कर्मचारीहरुलाई आवश्यक निर्देशन भयो ।

हाल सम्म यस गाउँपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृतज्यूहरु

मिति २०७३।११।२७ देखि ०७३।१२।२२ सम्म निमित्त कार्यकारी अधिकृतको रुपमा श्री गुरु प्रसाद योगी ।

मिति २०७३।१२।२३ देखि ०७४।०७।१४ सम्म कार्यकारी अधिकृतको रुपमा श्री रेमन्त बहादुर डाँगी ।

मिति २०७४।०६।२९ देखी २०७६।०६।०१ सम्म प्रमुख प्रशासकीय अधिकृतको रुपमा श्री सुवाश रिजाल ।

मिति २०७६।०६।०२ देखि २०७६।०७।१९ सम्म प्रमुख प्रशासकीय अधिकृतको रुपमा श्री अमर बहादुर वली ।

मिति २०७६।०७।२० देखि २०७६।०८।०७ सम्म निमित्त प्रमुख प्रशासकीय अधिकृतको रुपमा श्रश्र अरुण दाहाल ।

मिति २०७६।०८।०८ देखि नयाँ प्रमुख प्रशासकीय अधिकृतको रुपमा श्री हिरालाल भण्डारी ।

कीय अधिकृतज्यूबाट उपलब्ध कर्मचारीहरुलाई आवश्यक निर्देशन भयो ।

आर्थिक वर्ष: