FAQs Complain Problems

समाचार

मिति: Monday, February 12, 2024 - 12:51

जन्म दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
साेहि दिन, सर्जमिनकाे हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
३५ दिनभित्र भए निशुल्क अन्यथा रु ५० मात्र ।
आवश्यक कागजातहरु: 

१. बुवा वा आमाको नागरिकताको प्रतिलिपि ।

२. स्वास्थ्य संस्था/अस्पतालमा जन्म भएको भए उक्त संस्थाबाट जारी जन्म प्रतिवेदन ।

३. घरमा  जन्म भएको भए पछिल्लो खोप दिएको प्रमाण ।

४. अस्पताल वा खोपको प्रमाण नभएमा जन्म दर्ता गर्नुपर्ने व्यक्ति स्वयंलाई उपस्थित गराउने वा सम्बन्धित वडाबाट जन्म दर्ता गर्नु पर्ने व्यक्तिको जन्म प्रमाणित गरेको कागज ।

५. विदेशी भएमा बाबु आमाको राहदानी प्रमाण-पत्रको प्रतिलिपि तथा सम्बन्धित स्थानीय तहको वडामा बसोबास रहेको प्रमाण ।

६. भारतीय भएमा भारतीय नागरिक भनी पहिचान खुल्ने प्रमाण ।

७. बाबु वेपत्ता वा ठेगाना थाहा नभएको भए सो सम्बन्धमा प्रहरीको पत्र ।