FAQs Complain Problems

समाचार

मिति: Monday, February 12, 2024 - 12:51

कपुरकोट गाउँपालिकाका ६ वटै वडामा नारि दिवस मनाइदै 

 

महिला जागरुकताको रुपमा रहेको अन्तराष्ट्रिय नारि दिवसको अवसरमा विहिबार सल्यानमा विभिन्न कार्यक्रमहरु हुने भएका छन् । 
महिला अधिकारको क्षेत्रमा काम गर्ने विभिन्न निकायले सामाजिक, आर्थिक लगायत विकासका अन्य धेरै आयामहरुमा नारीहरुको सक्रिय सहभागीता अनि नेतृत्वको माग गर्दै दिवस मनाउने तयारि गरेको छन् । जिल्लाको कपुरकोट गाउापालिकाभित्र रहेका ६ वटै वडा कार्यालयहरुले पनि विभिन्न कार्यक्रम गरेर नारि दिवस मनाउने तयारि गरेका छन् । 
वडा नम्बर ३ को कपुरकोटमा लोक गीत प्रतियोगिता र घैटाफोड प्रतियोगिता हुँदैछ । यस्तै वडा नम्बर ५ को रीममा लोक नृत्य प्रतियोगिता र वडा नम्बर ६ को सिनवाङमा लोक गित प्रतियोगिता आयोजना गरिएको ६ नम्बर वडाका अध्यक्ष हेरमलाल बुढाथोकीले बताएका छन् । यस्तै वडा नम्बर ४ मा पनि लोक गित र घैटाफोड प्रतियोगिता राखिएको छ । 
यस्तै वडा नम्बर १ र २ ले पनि नारि दिवसको अवसरमा विविध कार्यक्रम गर्दैछन् । जिल्लाका अन्य स्थानीय तहमा पनि गाउँ, नगर स्तरिय तथा वडास्तरिय कार्यक्रहरु हुँदैछन् ।।
 

आर्थिक वर्ष: