FAQs Complain Problems

समाचार

मिति: Monday, February 12, 2024 - 12:51

गाउँपालिका राष्ट्रिय महासंघ कर्णालीका नवनिर्वाचित अध्यक्ष सेनलाइ सम्मान

सल्यान, २८ माघ ।

गाउँपालिका राष्ट्रिय महासंघ कर्णाली प्रदेशको प्रथम अधिवेशनबाट अध्यक्षमा चयन हुनुभएका कपुरकोट गाउँपालिका सल्यानका प्रमुख श्री भिम बहादुर सेनलाइ बधाइ तथा सम्मान गरिएको छ । कपुरकोट गाउँकार्यपालिकाको सोमबारको बैठकमा अध्यक्ष सेनलाइ सम्मान गरिएको हो ।
उपाध्यक्ष श्री तिला बुढा मगर, प्रमुख प्रशासकीय अधिकृत श्री सुवाश रिजाल सहित सम्पूर्ण वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरुले बधाइ दिँदै सफल कार्यकालको लागी शुभकामना दिनुभएको थियो । सो अवसरमा बोल्दै गाउँपालिका राष्ट्रिय महासंघ कर्णालीका नवनिर्वाचीत अध्यक्ष सेनले आफ्नो लगाएत कर्णालीका सबै गाउँपालिकाको विकास र समृद्धीका लागी प्रदेश सरकारसंग समन्वय बढाएर अघि बढ्ने बताउनुभयो ।

७९ स्थानीय तहमध्ये ५४ वटा गाउँपालिका प्रतिनिधीहरु सहित सुर्खेतको वीरेन्द्रनगरमा आइतबार सम्पन्न भएको अधिवेशनले सल्यानको कपुरकोट गाउँपालिकाका अध्यक्ष भीमबहादुर सेनको नेतृत्वमा १५ सदस्यीय कमिटी गठन थियो ।

समितिको उपाध्यक्षमा जंगबहादुर शाही (दैलैख), सचिव खड्गराज सेजुवाल (कालीकोट), कोषाध्यक्ष महेन्द्रबहादुर शाह (जाजरकोट) र सहसचिवमा शिवा आर्चाय (जाजरकोट) रहेका छन् । यस्तै सदस्यमा निर्मला राना, निर्मला विष्ट, धीरबहादुर विष्ट, जयानन्द रावल, सविता कुमारी रोकाया, हिमाली रोकाया, बली रावत र सीता ज्ञवाली रहेका छन् । नेकपाका कर्णाली प्रदेश कमीटीका सदस्य समेत रहेका कपुरकोट गाउँपालिकाका प्रमुख सेन गाउँपालिका राष्ट्रिय महासंघ कर्णाली प्रदेशको अध्यक्षमा निर्वाचीत भएपछि आफ्नो स्थानीय तहको विकासमा ठूलो टेवा पुग्ने कपुरकोटका जनप्रतिनिधीहरुको अपेक्षा छ ।
यसैविच कपुरकोट गाउँपालिकाको हिउँदे अधिवेशन मंगलबार हुने भएको छ । अधिवेशनको तयारिको लागी सोमबार कार्यपालिकाको बैठक समेत बसेको सूचना अधिकारि जीवराज केसीले बताउनुभयो ।
 

आर्थिक वर्ष: