FAQs Complain Problems

समाचार

मिति: Monday, February 12, 2024 - 12:51

कपुरकोट गाउँपालिका बर्षे गाउँसभा बाट प्रस्तुत निति तथा कार्यक्रमको पुर्ण पाठ

सल्यानको कपुरकोट गाउँपालिकाले भौतीक पूर्वाधार, कृषि तथा विद्युतीकरणलाइ प्राथमिकतामा राखेर निती, कार्यक्रम र बजेट प्रस्तुत गरेको छ । आइतबार गाउँसमामा प्रस्तुत भएको आर्थिक वर्ष २०७५÷०७६ को नीति, कार्यक्रम तथा बजेटमा ५ वर्षमा सबै वडा कार्यालयसम्म पक्की कमोटरबाटो पुर्याइने तथा जताकतै बाटोको ट्रयाक खोली वातावरण विनास गर्ने कार्यलाई निरुत्साहित गरिने उल्लेख गरिएको छ ।

 

नीती, कार्यक्रम र बजेट भाषण गर्दै गाउँपालिकाका उपाध्यक्ष तथा कार्यक्रम तथा बजेट तर्जूमा समितिका संयोजक तिला बुढा मगरले २३ करोड ४१ लाख ९८ हजार रुपैयाँ बराबरको अन्ुमानीत बजेट प्रस्तुत गरिन् ।

 

जसमा राजश्व बाँडफाँडबाट चालु खर्च तर्फ रु ४ करोड ४६ लाख २४ हजार, पँुजिगत खर्च तर्फ १० करोड ५४ लाख ७४ हजार र सशर्त (शिक्षा, स्वास्थ्य, कृषि, पशु, महिला विकास, उर्जा र खेलकुद) शिर्षकमा रु ८ करोड ४१ लाख रहेको छ ।

गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनको अध्यक्षतामा भएको गाउँसभामा उनले गाउँपालिकाभित्र १५ शैयाको अस्पताल स्थापना गर्र्न १२ रोपनी जग्गा व्यवस्था गरिने उल्लेख गरिन् ।

 

यस्तै गाउँपालिकालाई सन् २०२१ भित्र पुर्ण सरसफाईयुक्त गाउँपालिका घोषणाका लागि बेमौसमी तरकारी खेतिले प्रसिद्ध कपुरकोट, सुन्दर, सफा र हराभरा गाउँपालिका बनाउने हाम्रो अठोट’  भन्ने मुल नाराका साथ विभिन्न अभियानहरु संचालन गरिने छ ।

 

जेष्ठ नागरिक सम्मानलाइ निरन्तरता दिदै जेष्ठ नागरिकलाइ मनोरञ्जन तथा भजनकृतन स्थल निर्माण गरिने र सामाजिक सुरक्षा भत्ता बैंक मार्फत वितरण गर्ने तथा बैंकसम्म जान नसक्नेलाइ घरमै पुगेर भत्ता दिने व्यवस्था मिलाइने कुरा नीती र कार्यक्रममा समावेश गरिएको छ ।

 

उपाध्यक्ष बुढाले युवाहरुमा सिपको विकास गरी उद्यम गर्न र स्वदेशमै आफ्नै उत्पादनमा रमाउने वातावरण बनाउन ‘युवासंग गाउँपालिका कार्यक्रम’ लिइएको उल्लेख गरिन् । यस्तै गाउँपालिका अध्यक्ष कप आयोजना गर्ने देखि किसानलाइ प्रोत्साहन गर्ने कार्यक्रम पनि ल्याइएको छ । जसका लागी अनवरत रुपमा खेतीमा लागेर सबैको जीवन पाल्ने कृषकहरुलाइ सम्मान र प्रोत्साहन गर्न ‘समृद्धिको शान, हाम्रा किसान’  र  ‘किसानसँग प्राविधिक’ भन्ने कार्यक्रम लिइएको छ ।

 

त्यस्तै ‘चेलिबेटि उद्यम’ तथा ‘दिदिवहिनीसंग उपाध्यक्ष’ कार्यक्रम, ‘हाम्रो जीवनमा राम्रो शिक्षा’ र खानपान र पोषण जस्ता कार्यमा विशेष ख्याल गर्न ‘स्वस्थ शरीर, सुखि जीवन’ कार्यक्रम सञ्चालन गर्ने कपुरकोटको निती र कार्यक्रममा समावेश गरिएको छ । यस्तै लोक कला संस्कृतीको संरक्षण गर्ने तथा आन्तरिक आय बढाउन एकिकृत सम्पत्ती कर लागु गर्नेजस्ता कार्यक्रम रहेका छन् ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: