समाचार
पिउने पानीकाे समस्या निराकरण सम्बन्धी छलफल
जिल्लाको प्रवेशद्धारको रुपमा रहेको यस कपुरकोट बजारमा खानेपानीको अभावलाइ पुर्ति गर्नका लागी गाउँपालिकाले योजना सञ्चालन गर्ने भएको छ ।
बजार क्षेत्रमा खानेपानी समस्याको दिर्घकालिन समाधानका लागी योजनाको ‘डिटेल सर्वे’ सम्पन्न भइसकेको छ भने गाउँपालिकाले आज मंगलबार बजारवासिसंग छलफल पनि गरेको छ । कपुरकोट बजारमा कसरि खानेपानीको सहज व्यवस्था गर्न सकिन्छ र योजना कसरि अगाडी बढाउने भनेर गाउँपालिकाले स्थानीयवासि तथा सरोकारवालाहरुसंग छलफल गरेको छ ।