FAQs Complain Problems

समाचार

मिति: Monday, February 12, 2024 - 12:51

साक्षरता दिवसमा पुस्तकालय स्थापना

साक्षरता दिवसमा पुस्तकालय स्थापना
सल्यान, २२ भदौ ।
अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा सल्यान कपुरकोटको एक विद्यालयमा पुस्तकालय स्थापना गरिएको छ । आइतबार गाउँपालिका राष्ट्रिय महासंघ कर्णाली प्रदेशका अध्यक्ष भिम बहादुर सेनले आधारभुत विद्यालय, कपुरकोट ४ क्युरेनीमा स्थापना गरिएको पुस्तकालयको उद्घाटन गरेका हुन् ।
‘पढ्नको लागी कोठा’ कार्यक्रम र कपुरकोट गाउँपालिकाको सहकार्यमा पुस्तकालय स्थापना भएको विद्यालय ब्यवस्थापन समितीका अध्यक्ष खड्क सिंह ठकुरीले जानकारि दिए । पठन संस्कृतीको विकास र विद्यार्थीमा पाठ्यक्रम वाहेक अतिरिक्त ज्ञान प्रदान गर्न आधारभुत विद्यालय क्युरेनी सहित कपुरकोट गाउँपालिकाका ९ वटा विद्यालयमा पुस्तकालय स्थापना गरिएको रुम टु रिड कार्यक्रमका फिल्ड संयोजक हेम लम्सालले जानकारि दिए । उनले सल्यानका ५४ विद्यालयमा यो कार्यक्रम संचालन भइरहेको पनि जनाए ।
विद्यार्थीमा पढ्ने सिप र वानीको विकास गर्ने उद्देश्यले रुम टु रिड संगको सहकार्यमा कपुरकोटका विद्यालयमा सञ्चालन भइरहेको साक्षरता कार्यक्रम प्रभावकारि बनाउन सबैको दायीत्व रहेको महासंघका अध्यक्ष सेनले बताए । कपुरकोट गाउँपालिका अध्यक्ष समेत रहेका उनले सामुदायीक विद्यालयको शिक्षालाइ गुणस्तरिय बनाइ सबैको आकर्षणको थलो बनाउन आफु क्रियाशिल रहेको बताए ।
सो अवसरमा विव्यस अध्यक्ष खड्क सिंह ठकुरि, प्रधानाध्यापक डिल बहादुर थापाले गाउँपालिका अध्यक्ष सेन संग आफ्नो विद्यालयमा भवनको अभाव रहेको बताएको थिए । जवाफमा सेनले आगामी वर्ष दुई कोठे भवनको ब्यवस्था गर्ने प्रतिवद्धता जनाएका थिए । भर्खरै स्थापना भएको पुस्तकालयको ब्यवस्थापनमा ध्यान दिन पनि उनले आग्रह गरे । साहित्य, विज्ञान, मनोरञ्जन विधाका ६ सय १५ पुस्तकहरु क्युरेनी पुस्तकालयमा राखिएका छन् ।

 

आर्थिक वर्ष: