FAQs Complain Problems

समाचार

मिति: Monday, February 12, 2024 - 12:51

कपुरकाेट गाउँपालिकाकाे संक्षिप्त परिचय

कपुरकाेट गाउँपालिका साविकका  चारवटा गा.वि.स. धनवाङ, रिम, सिनवाङ र गर्पा मिलेर बनेको हो । कुल क्षेत्रफल ११९.२१ वर्ग कि. मि. रहेको यस गाउँपालिका जम्मा ६ वटा वडामा महिला ९४८६ र पुरुष ८७१८ गरी जम्मा १८२०४ जनसंख्या रहेको छ। पश्चिममा त्रिवेनी, उत्तरमा छत्रेश्वरी गाउँपालिका, पूर्वमा रोल्पा र दक्षिणमा दाङ जिल्ला संग भौगोलिक सिमाना जोडिएको यस गाउँपालिकाको भौगोलिक स्थिति २८ २४ देखि २८ ३२ उत्तरी अक्षांश र ८० १४ देखि ८० २३ पूर्वि देशान्तर सम्म फैलिएको छ । कर्णाली प्रदेशकै एउटा मुख्य प्रदेश द्धारको रुपमा रहेको यस गाउँपालिका अग्ला पहाडहरुको संगमको रुपमा रहेको भौगोलिक बनावटले गर्दा अत्यन्तै रमाइलो र अनुकुल बातावरणको कारणवेमौसमी तरकारी खेतिका साथै फलफूल खेतीको लागि उर्वर भूमि बरदानको  रपमा पनि लिन सकिन्छ ।